नियम २०
गुणस्तरीय रुपमा कार्य सम्पादन गर्ने
(१) निजामती कर्मचारीले आलाई सुम्पिएको जिम्मेवारी इमान्दारिताका साथ आप्mनो क्षमताले भ्याएसम्म गुणस्तरीय रुपमा सम्पन्न गर्नु पर्नेछ ।
(२) निजामती कर्मचारीले आफूले सम्पादन गरेको कामको जिम्मेवारी लिनु पर्नेछ । तर कानून बमोजिम गरिएको कामको बारेमा निजलाई कुनै कारबाही गरिनेछैन् ।
(३) निजामती कर्मचारीले नेपाल सरकार वा अन्य कुनै निकायलाई राय सल्लाह दिंदा निष्पक्षता एवं इमान्दारिताको साथ सोधिएका सबै विषयमा कानून सम्मत हुने गरी दिनु पर्नेछ ।